find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बिराटनगरबाट ‘बाहुनी कान्छी’ टेलीसिरियल बन्दै

कोशी प्रदेशको बिराटनगरबाट टेलि सिरियल “बाहुनी कान्छी“ बन्ने भएको छ । सोमबार साझ बिराटनगरको ताण्डव रेस्टुरेन्ट एण्ड बारमा एक कार्यकर्मको आयोजना गर्दै “बाहुनी कान्छी“ टिमले सो टेलि सिरियलको नाम अनाउन्स्मेण्ट गरेका छन् । उक्त कार्यक्रममा सोहि सिरियलका कलाकार, दृश्य सम्पादक, तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठको जन्म दिन मनाउदै एक भिडियो मार्फत “बाहुनी कान्छी“ सिरियलको नाम सार्वजनिक गरिएको हो । केहि महिना देखि सिरियल सुटिंग फ्लोरमा रहेको छ । सिरियल सुटिंगको काम धमाधम भै रहेको र चाँडै ट्रेलर सार्वजनिक गर्दै सिरियल कुन साताको कुन बार देखि प्रशारणमा आउने कुराको जानकारी दिने सिरियलका लेखक, निर्देशक विकल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा अभिनेता बिश्व बस्नेत पनि उपस्थित थिए । उनले प्रतिकलाइ जन्मदिनको शुभकामना दिदै सिरियलका सम्पूणर् टिमलाइ बधाई दिए । विश्व बस्नेतले उक्त कार्यक्रममा “क्यान्सर रोगले अब मर्नु पर्दैन“ शिर्षकको किताब जसको लेखन उनि आफैले गरेका हुन् सोहि किताबको सार्वजनिक हुन् लागेको कुरा पनि जानकारी दिएका थिए । आउने दिनमा यो टिम संग सहकार्य गर्ने चाहना रहेको उनले बताए ।उक्त कार्यक्रममा बिमल भट्टराई को पनि उपस्थित रहेको थियो । दिपा पोखरेल , कल्पना पाण्डे , अनिशा न्यौपाने, पंकज बर्मा, दिव्या रेग्मी , भरत पौदार, सोनु मिश्र, प्रतिक श्रेष्ठ, विकल श्रेष्ठ, बाल कलाकार साइना छहार, आश्रेया श्रेठ, राधा आचार्यको अभिनय सिरियलमा देखन सकिनेछ । उक्त सिरियल “बाहुनी कान्छी“ थ्री एम खबर युटुब च्यानल र फेशबुक पेज मार्फत हेर्न सकिनेछ । सिरियलको टेलिभिजन प्रसारणमा भने टिम अहिले सम्म अन्योलमा रहेको छ ।

सामाजिक पारिवारिक कथामा बन्न लागेको “बाहुनी कान्छी“ सिरियलमा देशमा भएका बेथिति विसंगति, बेरोजगारीका कारण युवा हरु बिदेशिनुको बाध्यता, गरिबीमा बाच्नु पर्दाको पिडा, धनि हरुले गरिबलाइ गर्ने थिचो मिचो, छुवाछुत जस्ता बिषयहरुको पेरिफेरीमा सिरियलको कथा रहेको लेखक, निर्देशक विकल श्रेष्ठले बताए । तराइको सिनारियोमा चलन चल्तीको जस्तो सिरियल बनाउन सुटिंगको लागि लोकेसन नै भेटिदैन भन्ने सोचाइलाइ चुनौती दिदै “बाहुनी कान्छी“ टिमले पुर्वान्चल मै सम्भव रहेको बताए ।

सम्भवतः कोशी प्रदेश बिराटनगरबाट यस अघि तराइको यतिको सुन्दर लोकेसन, र पहाडका जस्ता पुराना घरहरु र तराइमा मिलेर बसेका विभिन्न जातिका मान्छेहरु बीच हुने द्धन्द्ध बिरलै सिरियलमा समेटिएको र केहि फरक बन्ने दृश्य सम्पादक, तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठ बाताउँछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha