find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सौगात, सृष्टि र विपीनलाई लुकाएर’द रेड सुटकेस’को टिजर रिलिज

भेनिस फिल्म फेस्टिभलमा दुई दुई वटा अवार्ड जित्न सफल ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ । प्रदर्शनको मिति नजिकिँदै गर्दा सोमबार निर्माण संस्था आईसफल प्लसको युट्युव च्यानलबाट रिलिज गरिएको हो । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसरमा यही ३० चैतबाट रिलिज हुँदैछ ।

निर्माण टिमले फिल्मको कथा र कथा वाचनको शैली प्रस्तुत गर्ने गरी टिजर निर्माण गरेको छ । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्म फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । टिजरमा छायाँकन, ध्वनि र रङको गज्जबको सम्मिश्रण देख्न सकिन्छ । टिजरले मिथ र यथार्थको कोलाजमा नेपालको आप्रवासी परम्परालाई उच्च दृश्यमार्फत् प्रस्तुत गर्ने संकेत गरेको छ । सौगात मल्ल, विपीन कार्की र सृष्टि श्रेष्ठको अभिनय रहेको फिल्ममा अभिनेता प्रवीण खतिवडा रोचक भूमिकामा छन् । टिजरमा उनै प्रवीण खतिवडा मात्र अटाएका छन् ।

निर्माण टिमले टिजरमा कलाकारको अनुहारलाई भन्दा फिल्मको कथालाई हाइलाइट गर्ने प्रयास गरेको देख्न सकिन्छ । निर्देशक फिडेल देवकोटाले कथा र कथा भन्ने तरिका आफ्नो लागि महत्वपूणर् भएको बताउँदै सोही अनुसार टिजर तयार गरेको बताएका छन् । ‘राम्रो कथामा असल कलाकार सुनमा सुगन्ध हुन् । फिल्ममा देशका उम्दा कलाकारको अभिनय छ । तर टिजरमा हामीले कथा र यसलाई कसरी भनिएको छ भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ । यस पछाडिका दृश्य सामाग्रीमा बाँकी कलाकार पनि खुल्दै जानुहुनेछ,’ देवकोटाले भने ।


आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् भने फिल्ममा समन अलभितिगाले सम्पादन गरेका छन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रुपमा रहेका छन् । गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्वपूणर् दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।

चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha