find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘डिग्री माइला’ का सरल संवाद दर्शकमाझ हिट बन्दै

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ आउँदो सालको नेपाली नयाँ वर्षमा रिलिज हुँदैछ । फिल्ममा अभिनेता दयाहाङ राई र नायिका आँचल शर्माको मुख्य भूमिका छ । फिल्म गत साता ट्रेलर रिलिज गरिएको थियो । जसमा समावेश संवादहरु रुचाएका छन् । ट्रेलरलाई हालसम्मद श लाखले हेरेका छन् । ट्रेलर :

‘मलाई तलब दिने हैसियत छ ? को खान्छौ नि कोक मल्टिनेसनल कम्पनी हो । कन्ट्रि हेडका अफर छ । दश लाख रुपैयाँ तलब, गाडी ड्राइभर, बस्ने क्वार्टर, संसार घुम्ने फ्रि एयर टिकट सक्छौ ? ‘जस्ता सरल तर सम्झिने संवादले फिल्मप्रति थप प्रतिक्षा बनाएको हो । यसअघि सार्वजनिक टिजरमा पनि करिब करिब यस्तै रहेको सीजी कम्पनीले गरेको जागिरको अफर लत्याएको संवाद ठूलो चर्चा पाएको थियो । अर्बपति बिनोद चौधरीले टिजरको क्लिप्स नै काटेर सेयर गर्दै सामाजिक सञ्जालमा सेयर गरेका थिए- मैले एक वर्षमा कमाउने तपाईंले एउटै फिल्मबाट कमाउनु हुन्छ जस्तो छ !
बिनोद चौधरीले टिजर सेयर गरेपछि यो सिनेमाले थप चर्चा बटुलेको थियो । उद्योगी तथा व्यवसायीमाझ यो सिनेमाको चर्चा भएको थियो ।

अहिले पनि करिब करिब त्यस्तै संवादका कारण अक्सर सिनेमाप्रति खासै धेरै चासो नदिने उद्योगी र व्यवसायीमा यो सिनेमाको चर्चा पाएको छ ।

…स्तर मिल्दैन हो भाइ हो, बुझ न । तेरो आगनमा आएर मेसीले फुटबल खेल्छ ?

…नडराउ मैले चाहेँ भने दुई घण्टामा गाउँमा हेलिकप्टर र सेना झरेर गाउँ नै हरियो बनाइदिन्छु ।

…सहरमा मिस नेपालहरू म जस्तो हेन्डसम र ट्यालेन्ट केटो नपाएर कुमारी बसेका छन् ।

तेरो घरमा ऐन छैन ? कुवामै गएर भए पनि एकपटक तेरो अनुहार हेर ।

अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ । अनुहारमा त म गोबरै पोतेर पनि केटी पट्याइदिन्छु ।

योङ जेनेरेसनमा बोलीचालीमै रहेका शब्दलाई टपक्क टिपेर सिनेमा राख्ने गरेकै कारण रामबाबु गुरुङका सिनेमा अर्ग्यानिक लाग्छन् । र दर्शकले मन पराउँछन् । त्यसैले उनका सिनेमा नेपाली माटोका मौलिक सिनेमा लाग्छन् । त्यसैले धेरैले उनका सिनेमा मन पराउँछन् ।

प्रायः नेपाली सिनेमा आफ्नै परिवेशबाट टाढा रहने गरेको आरोप लागिरहेका बेला रामबाबुका सिनेमा आफ्नै माटोका कथा बोकेर स्थानीय परिबेश र लवजमा दुरुस्तै बनेर आउँछन् । र दर्शकको मनमा बास गर्छन् ।

यही कारण त हो, उनका सिनेमाले हलमा दर्शकको सुनामी ल्याउँछन् । महिनौँसम्म हाउसफुल ब्यापार गर्छन् र रेकर्ड ब्रेकिङ बक्सअफिस कलेक्सन गर्दै बिदा हुन्छन् । आफ्नै गाउँ ठाउँका कथा भन्न माहिर रामबाबुले कथा भन्ने आफ्नै शैली बनाएका छन् । डार्क कमेडी जनरामा बसेर दर्शकलाई रमरम हसाउँदै गाउँ ठाउँको कथा भनेर दर्शकलाई आफ्नो पोल्टामा बाँध्नसक्ने उनको यही क्षमताले जुनसुकै सिनेमा बनाउन् रामबाबुका सिनेमा वर्षकै प्रतिक्षित बन्ने गरेका छन् ।

दयाहाङ राईले केही वर्ष अगाडि निर्देशन गरेको ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो सिनेमा बनेको छ । सिनेमाले वेरोजगारीको कथा सिनेमामा पस्किनेछ ।

सिनेमालाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो । दयाहाङ र आँचलसँगै सिनेमामा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेनछ । सिनेमामा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ । ऋचा ट्रेलरमा पनि समेटिएकी छन् ।

‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई सिनेमाले आफ्नो ट्यागलाइन बनाएको छ ।

आगामी चैत ३० गते रिलिज हुनेछ । निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एसशिनले खिचेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha