find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बोक्सीको घर’को ट्रेलर क्लबमा समेत बज्न थाल्यो

अभिनेत्री केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’को ट्रेलर यतिबेला चर्चामा छ । बैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर क्लबमा समेत बज्न सुरु भएको छ ।

नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा दरबारमार्गमा रहेको एलओडीमा नयाँवर्ष मनाउन उपस्थित दर्शकमाझ पनि फिल्मको ट्रेलर देखाइएको छ । ट्रेलर सार्वजनिक भइरहँदा उपस्थित व्यक्तिहरुले तालीले ट्रेलरको तारिफ गरेका थिए ।
उक्त कार्यक्रममा फिल्मकी निर्मात्री समेत रहेकी केकीसहित फिल्म युनिटको उपस्थिति थियो । ‘ट्रेलर सार्वजनिक भइरहँदा उहाँहरुले ट्रेलर मनपराइदिनुभयो । मेरो अभिनयसँगै ट्रेलर मेकिङ, अन्य कलाकारको काम र त्यसमा प्रयोग गरिएको ध्वनिको तारिफ गरेको पाएँ’, उनले भनिन्, ‘हामीले फिल्मको प्रचारका लागि फरक किसिमको मार्केटिङ गरिरहेका छौं । त्यही मार्केटिङको योजना अनुरुप एलओडीमा ट्रेलर देखाएका हौं ।’

फिल्मको टिजर, ट्रेलर र पोस्टरले चर्चा पाइरहँदा केही समयअघि सार्वजनिक ‘बुझिन मैले’ गीत यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको छ । गत वर्षको होलीमा सार्वजनिक अभिनेत्री केकीको ‘बोक्सी’ लुक्सले पनि उत्तिकै चर्चा पाएको छ ।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

फिल्ममा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha