find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बाइस दिनमा ‘एक मुठ्ठी बादल’को सुटिङ सकियो

फिल्म ‘एक मुठ्ठी बादल’को सुटिङ समाप्त भएको छ । पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको फिल्म २२ दिनमा सकिएको हो ।

साहारा शर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा छायाँकारको भूमिका लिन ड्यानले निर्वाह गरेकी छन् । भियतनामकी ड्यानको यो तेश्रो फिचर फिल्म हो भने, एक मुठ्ठी बादल पहिलो नेपाली फिचर चलचित्र हुनेछ । यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मणर्ा जेम्स रहेका छन् । चलचित्रमा कीर्ति जोशीले मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन् ।

निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका फिल्मलाई अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाले संयुत्त रुपमा निर्माण गरेका हुन् । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोगराज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।

फिल्को ८ मार्च अर्थात् नारी दिवस, तथा, महाशिवरात्रीको अवसर पारेर चलचित्रको शुभ मुर्हत सँगै सुटिङ्ग सुरु गरिएको थियो । फिल्मलाई अर्को वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

निर्देशक सहारा शर्माले फिल्मको निर्माण अप्ठेरो र चुनौतीपूणर् रहे पनि सिकाइका हिसाबले उपलब्धिपूणर् भएको बताइन् । उनले भनिन्, ‘के भइरहेको थियो भोग्दा मात्र थाहा हुन्थ्यो तर म प्राविधिक टिम र कलाकारको मप्रतिको भरोसा र अथक मेहनतका लागि आभारी छु ।’

लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो फिल्ममा पहिलो पटक महिलाले फिल्म निर्माणका विभिन्न विभागहरूमा प्रमुखको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha