find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दिपकलाई ५ प्रश्न, अवार्डको बिचबाटै किन उठेर हिंडेको ?

दिपकले दिए स्पष्टिकरण

गत शनिबार आयोजित एनएफडिसी अवार्डको बिचबाट दिपकराज गिरी र दिपाश्री निरौला उठेर हिंडेपछि यस बारेमा विभिन्न खाले टिका टिप्पणी भैरहेका छन् । अवार्डको बिचबाटै उठेर हिंड्नुको कारण बारे दिपकराजले आफ्नो तर्फबाट स्पष्टिकरण दिएका छन् ।

१.तपाईंहरु (दिपक र दीपा) अवार्डबाट उठेर किन हिंड्नु भएको ?
हो हामी बिचबाट उठेर हिंडेका हौं । तर अवार्ड बारे हामीले कहीं कतै पनि न विरोध गरेका छौं, न आक्रोश नै पोखेका छौं । सबै अवार्ड हामीले पाउनु पर्छ भन्ने मान्यता राखेका पनि छैनौं । बसुञ्जेलसम्म बस्यौं, त्यसपछि हामी उठेर हिंड्यौं । फेरी अवार्डबाट उठेर हिंड्ने हामी मात्रै थिएनौं । खगेन्द्र लामिछाने, विपिन कार्की जस्ता कलाकार त अवार्डमै जानु हुन्न अब त्यसलाई के भन्ने ?

२.तपाईंहरु उठेर हिंडेपछि आयोजकको तर्फबाट तपाईंहरुलाई सम्पर्क भएको थियो या थिएन ?
हामीलाई उहाँहरुले बोलाउनु भएको थियो । ‘तपाईंहरुको नाममा अवार्ड छ, आउनु’ भन्नु भएको थियो । तर हामी गएनौं । अवार्ड छ भन्ने वित्तिकै गएको भए त अवार्ड थाप्न मात्रै गएको जस्तो हुन्थ्यो नि होइन र ?

३.’ताली बजाउन आएको होइन’ भन्दै तपाईंहरु निस्किनु भयो रे ?
दिपाजीले यो कुरा औपचारिक रुपमा कहीं पनि भन्नु भएको छैन । फेरी हामी ताली मात्रै बजाउनु पर्ने भए पनि जान्थ्यौं । जसले जित्छ त्यो बेलामा त ताली बजाउनै पर्छ नि । हो हामीमा असन्तुष्टि थियो तरपनि भनेका थिएनौं र छैनौं पनि । हामी ताली मात्रै बजाउन आएका होइनौं भन्ने कुरा हामीले कहीं पनि औपचारिक रुपमा भनेकै छैनौं ।

४.भनेपछि अवार्ड नपाएपछि उठेर हिंडेको चाहिं हो ?
हामी हिंड्दा १० विधामा अवार्ड भैसकेको थियो । तपाईं आफैं भन्नुस् १८ विधा मध्ये हाम्रो फिल्मले कति वटा विधामा अवार्ड पाउँथ्यो होला ? हामीलाई वेस्ट फिल्म र निर्देशक सहित अरु दुई विधामा अवार्ड दिइयो । स्क्रिप्ट, क्यामेरा, सम्पादन र संगीत विना कसरी वेस्ट फिल्म हुन्छ ? हामीले यी चारै विधामा हारेका छौं । विधाका हिसाबले पुरानो डुंगाा वेस्ट फिल्म हो । फेरी यो कुरालाई पनि हामीले विरोध गरेका छैनौं ।

५.जुन अवार्डमा पनि किन तपाईंहरु विवादमा पर्नु हुन्छ ?
यो मान्छेको नेचर अनुसार भर पर्छ । कोही जति अन्याय भएपनि मौन बस्छन् । हामी अन्याय भए जस्तो लाग्यो भने बोल्छौं अनि विवाद हुन्छ । आन्दोलन पनि त्यस्तो देशमा हुन्छ जुन देशका नागरिक अन्याय पर्यो भने आवाज उठाउँछन् । अर्को कुरा अवार्ड समारोहमा अवार्ड पाउने बाहेक अरु सहभागी हुंन्नन् । देशका स्टार कलाकार र निर्माता तथा निर्देशक सहभागी हुन्नन् भने यस बारेमा चाहिं किन कुरा उठ्दैन् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha