‘हरि’, ‘अमेरिका बोइज’ र ‘बेबी आइ लभ यू’ मा कुन चल्ला ?

यो शुक्रबार तीन नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । बिपिन कार्की स्टारर ‘हरी’ मल्टिप्लेक्स केन्द्रित फिल्म हो भने फिल्म ‘अमेरिका बोइज’ र ‘बेबी आइ लभ यू’ ले मल्टिप्लेक्स तथा एकल पर्दा बाँडफाँड गर्नेछन् ।

सफल केसी र प्रतिक गुरुंगले संयुक्त रुपमा निर्माण गरेको फिल्म हो ‘हरि’ । जसमा अभिनेता बिपिन कार्की शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा उनका विभिन्न भूमिका छन् । बिपिनसँगै हरीमा सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले ल्होमो, लक्ष्मी वर्देवा, सुनिशा बजगाँई लगायतको अभिनय छ । कामेश्वर, अभय र आशिषसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

यस्तै फिल्म ‘अमेरिका बोइज’ अमेरिका जान खोज्ने नेपाली युवाको कथा हो । कमेडी रुपमा प्रस्तुत गरिएको फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, अभय बराल, आशिष प्रसाईं लगायतको मुख्य भूमिका छन् । प्रवेश पौडेल निर्देशित फिल्मलाई प्रकाश भूजेल र ईन्द्र प्रसाद खरेल मिलेर बनाएका हुन् । सन्तोष र पूजासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

युवा पुस्ताको प्रेम कथालाई बुनेर बनाइएको फिल्म हो ‘बेबी आइ लभ यू’ । फिल्ममा दुई नव कलाकार सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । जनक पाण्डेको निर्देशन रहेको फिल्मलाई शिव न्यौपाने र सृजना परियार मिलेर बनाएका हुन् । फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha