रुचाइयो ‘अमेरिका बोइज’, हेर्नुस् सृष्टिको सुन्दरता

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘अमेरिका बोइज’ लाई राम्रो रेस्पोन्स मिलेको छ । विदेश जान चाहाने तीन युवाको कथाले हसाउँदै रुवाएको प्रतिक्रिया विषेश शोमा मिल्यो ।

‘फिल्म रमाईलो र राम्रो छ’, विशेष शोमा एक सहभागीले प्रतिक्रिया दिए, ‘विदेश जाने युवाको वास्तविकतालाई देखाइएको छ ।’ ‘अमेरिका बोइजा’ प्रवेश पौडेलका पहिलो निर्देशकिय फिल्म हो । विशेष शोमा निर्देशकिय पक्षको पनि तारिफ भयो ।

फिल्म मुख्यतः अभिनेता अर्पण थापा, कलाकार अभय बराल र अशिष प्रसाईंको वरपर घुम्दछ । यी तीन पात्रले दर्शकलाई हँसाउँदै अन्त्यमा रुवाएका छन् । यी सँगै अभिनेता हरिहर शर्मा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायत कलाकारहरुको अभिनय छ । नव नायिका सृष्टि केसीले पनि आफ्नो भूमिकालाई न्याय गरेकी छन् ।

‘अमेरिका बोइज’ प्रकाश भूजेल र ईन्द्र प्रसाद खरेलको संयुक्त लगानीमा निर्माणमा बनेको फिल्म हो । दर्शक प्रतिक्रियाबाट हलमा दर्शक बढ्ने निर्माण पक्षले आशा राखेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha