आइसल्याण्डमा खिचियो ‘याद’ (भिडियो)

‘याद’ बोलको म्युजिक भिडियो आइसल्याण्डमा खिचिएको छ । सोही ठाउँमा बलिउड फिल्म दिलवालेको ‘गेरुवा’ गीतमा शाहरुख खानले काजोलले रोमान्स गरेका थिए । याद गीतमा भने गायकद्वया विजय घिमिरे (भिजे) र जनक राई नै फिचरिंग छन् । भिडियो हेर्नुस् :

भिजे लामो समय देखि लन्डनमा बस्दै आएका छन् । त्यहाँ बसेर उनी नेपाली गीत संगीतमा लागिरहेका छन् । विशेषतः भिजे कभर गीत गाउने गर्दछन् । जनक राईले नै निर्देशन गरेको म्युजीक भिडीयोमा ड्रोन अपरेटरको रुपमा अर्तुर पलाता र योसेफ बिवाल्डले काम गरेका छन । भिडियोलाई डाइमण्ड स्टुडीयोले तयार पारेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha