‘छक्का पञ्जा ३’ मा संजोगले लिए पुष्पको ठाउँ

छायाँकनरत फिल्म ‘छक्का पञ्जा ३’ मा नयाँ नायक भित्रिएका छन् । नायक पुष्प खड्काको ठाउँमा अर्का नायक संजोग कोइराला लिइएको निर्देशक दिपाश्री निरौलाले बताइन् । किन त ?

‘पुष्पले गर्न सक्दिन भनेपछि हामीले विकल्प खोजेका हौं, निर्देशक निरौलाले भनिन्, ‘भूमिका सुनारै उहाँ खेल्न तयार हुनु भएको थियो । सुटिंग सुरु भएपछि उहाँलाई के कुरामा चित्त बुझेन, खेल्दिन भन्नु भयो । पुष्पले नखेलेपछि हामीले संजोगलाई लिएर सुटिंग गर्यो ।’ दिपक र दीपिकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् : 

यता नायक पुष्प खड्काले चाहिं आफुले फिल्मको स्क्रिप्ट नपाएर ‘छक्का पञ्जा ३’ बाट हात झिक्नु परेको गुनासो गरेका छन् । पुष्प भन्छन्, ‘मैंले मेरो सिनको लागि स्क्रिप्ट मागेको थिएँ । उहाँहरुले दिन नमिल्ने भन्नु भयो । मेरो भूमिकाको स्क्रिप्ट नै नपाएपछि कसरी सुटिंग गर्नु ?’ त्यसैले छक्का पञ्जा ३ नगरेको हुँ । यता निर्माता तथा अभिनेता दिपकराज गिरीले पुष्पलाई भूमिका बारे बताएको तर स्क्रिप्ट दिन नमिल्ने बताएका छन् ।

‘छक्का पञ्जा ३’ को यतिबेला पोखरामा छायाँकन भैरहेको छ । दिपकराज, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत लगायत छायाँकनमा छन् । फिल्मको प्रदर्शन मिति दशैंलाई तय गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha