प्रदीप खड्काको ‘लभ स्टेशन’ मा दुई हिरोइनको खोजी

नायक प्रदीप खड्का र निर्माता तथा वितरक गोविन्द शाहीले निर्माण गर्ने फिल्म ‘लभ स्टेशन’को औपचारिक निर्माणको घोषणा गरिएको छ । आइतबार दरबार मार्गको उडल्यान्ड होटलमा प्रेसमिट गर्दै ‘लभ स्टेशन’ निर्माणको घोषणा गरिएको हो । भिडियो हेर्नुस् :

उज्जवल घिमिरेले निर्देशन गर्ने फिल्म ‘लभ स्टेशन’मा नायकको रुपमा प्रदीप खड्का मात्रै पक्का रहेको प्रेसमिटमा निर्माता शाहीले बताए । ‘फिल्मको लागि दुई हिरोइनको खोजीमा छौं’, निर्माता शाहीले भने । उनले फिल्मका लागि नायिका जसिता गुरुगं पक्का भैनसकेको दाबी गरे । हिरोइन छान्ने काम निर्देशकको हातमा रहेको उनको भनाई थियो । फिल्मको बजेट लगानी २ करोड घोषणा गरियो । निर्देशक घिमिरे लोकेशन खोज्न हाल अमेरिकामा छन् ।

‘लभ स्टेशन’को स्क्रिप्ट सुवास सिंह बस्नेतले लेखिरहेका छन् । भदौबाट छायाँकन सुरु हुने फिल्मको अमेरिकामा छायाँकन हुनेछ भने प्रदर्शन मिति यसै बर्षको फागुन २४ गतेलाई तोकिएको छ । यस्तै कार्यक्रममा फिल्म ‘लिलिबिली’को ५१ दिनको केक पनि काटियो । केक काट्ने कार्यक्रममा निर्देशक मिलन चाम्स, नायक प्रदीप खड्का, निर्माताद्वय गोविन्द शाही र सुदीप खड्का उपस्थित थिए ।

राजधानीका केही हलमा ‘लिलिबिली’ ले ५१ दिन मनाएको जानकारी दिदैं हालसम्म फिल्मले ६ करोडको ग्रस कलेक्सन गरेको निर्माता तथा वितरक शाहीले दाबी गरे । प्रेसमिटमा प्रदीप, मिलन, गोविन्द र सुदीपले आफुहरुबिच मनमुटाव नभएको समेत दाबी गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha