चंगामा आमा सम्झिदै थुनिएका बालक (भिडियो)

यही जेठ २५ गते देखि प्रदर्शनमा आउने फिल्म ‘चङ्गा’ को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । गीतमा एक कोठामा थुनिएका बालकको पिडालाई प्रस्तुत गरिएको छ । ‘मेरी आमा‘ बोलको गीतमा कमल खत्रीको शब्द र संगीत र स्वर छ । भिडियो हेर्नुस् :

किशोर भण्डारी (डिठ्ठा साब) को लेखन र निर्देशन रहेको चंगा लाई रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् । फिल्ममा रेश्मासँगै बुद्दी तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय छ ।

राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ । फिल्मका निर्देशक भण्डारी र नायिका तथा निर्मात्री तिमल्सिनासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha