मिलन र प्रदीप मिलनका ६ तस्बिर (भिडियो सहित)

‘लिलिबिली’ रिलिज लगत्तै निर्देशक मिलन चाम्स र नायक प्रदीप खड्काबिचको विवाद मिडियामा छाएको थियो । आफ्नै फिल्मका हिरोको निर्देशक चाम्सले मिडियामा खुलेरै आलोचना गरेका थिए । तर आइतबार भने मिलन र प्रदीपले एकै स्टेज सेयर गरे । भिडियो हेर्नुस् :

गोविन्द शाही र प्रदीपले निर्माण गर्न लागेको ‘लभ स्टेशन’को कार्यक्रममा निर्देशक चाम्स पाहुन बनेर पुगेका थिए । ‘लिलिबिली’ को ५१ दिने सेलिब्रेसनमा मिडियाले उनीहरुलाई विवाद बारे प्रश्न राखे ।

चाम्स आफ्नो बचाउतर्फ लागे । उनले प्रदीप र नायिका जसिता गुरुंगको प्रेम बारे मिडियामा केही पनि नबोलेको बताए । प्रदीपसँगको विवाद बारे मिलनले धेरै बोल्ने मौका पाएनन् ।

मिडियामा पहिलो पटक निर्देशक चाम्ससँगको विवाद बारे बोलेका प्रदीपले घुमाउरो पारामा गहकिलो जवाफ दिए । मिडियामा विवादको खबर आएपछि निर्देशक चाम्ससँग फोनमा कुरा भएको बताए ।

प्रदीपले भने, ‘विचार नमिल्दा केही न केही भैहाल्छ । अब दुश्मनलाई सिध्याउने भन्दा पनि दुश्मनीलाई सिध्याउने भन्ने हो ।’ अब के प्रदीप र मिलनबिचको दुश्मनी सकिएकै हो त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha