अनमोल केसी बन्दैछन् ‘ब्याचलर बन्टी’

युवा स्टार अनमोल केसी ‘ब्याचलर बन्टी’ बन्ने भएका छन् । मिलन चाम्सले निर्देशन गर्ने आगामी फिल्मको नाम ‘ब्याचलर बन्टी’ जुराइएको हो । अनमोल ‘ए मेरो हजुर ३’ मा पनि लिड हिरोमा अनुबन्धित भैसकेका छन् ।

प्रेमकथामा बन्ने ‘ब्याचलर बन्टी’ लाई फागुन १७ गते प्रदर्शन गरिने निर्माण पक्षको योजना छ । फिल्मको सम्पूर्ण छायाँकन युरोपमा हुनेछ । चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको व्यानरमा बन्ने सिनेमाका अन्य कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् । फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha