‘कप्स’मा यस्तो छ अनुपको भूमिका, यी हुन् नव नायिका

अभिनेता अनुपविक्रम शाही यतिबेला ‘कप्स’ बनिरहेका छन् । अर्थात् फिल्म ‘कप्स’ मा अनुपले एक निडर, कर्तव्यनिष्ठ र देशभक्त प्रहरी अधिकृतको भूमिका निभाएका हुन् । फिल्मको निर्देशन सम्राट सापकोटाले गर्दैछन् । भिडियो हेर्नुस् :

प्रायः जसो फिल्ममा नेगेटिभ भूमिकामा प्रस्तुत हुने अनुप ‘कप्स’ मा भने राष्ट्रिय हिरोको रुपमा प्रस्तुत भएका छन् । उनले डिएसी अमन सिंह भूमिका निर्वाह गरिरहेका छन् । ‘फिल्मको म हिरो नै हुँ’, आफ्नो भूमिका बारे अनुपको भनाई, ‘सच्चा प्रहरी अधिकृतको भूमिका छ ।’

फिल्ममा नव अभिनेत्री सन्दीपा लिम्बु अनुपको अपोजिटमा देखिनेछिन् । उनले फिल्ममा आफ्नो भूमिका पत्रकारको रहेको बताइन् । निर्देशक सापकोटाले ‘कप्स’ थ्रीपी अर्थात् पोलिटिक्स, पुलिस र पब्लिक सँग सम्बन्धित रहेको बताएका छन् ।

एक्शन लभस्टोरी जनराको ‘कप्स’ को काठमाडौंसँगै विदेशमा खिचिनेछ । सारा श्री र आर्या मुभिजको ब्यानरमा बनिरहेको फिल्मका प्रस्तुतकर्ता राम शाक्य हुन् । फिल्मलाई सुसन प्रजापतिले खिचिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha