‘रोमियो एण्ड मुना’को सिम्वोलिक पोस्टर सार्वजनिक

साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘रोमियो एण्ड मुना’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रोमियो र मुना अर्थात नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ दुवै छैनन् । किन सार्वजनिक गरियो त यस प्रकारको पोस्टर ?

‘यो फिल्मसँग नै सम्बन्धित पोस्टर हो’, निर्देशक नरेश कुमार केसी भन्छन्, ‘यो बक्समा मुनाले आफ्नो इख लाई हाल्ने गर्दछिन् । यसैले हामीले पोस्टरमा तपाईको कुनै इख छ भनेर प्रश्न गरेका छौं ।’ निर्देशक केसीका अनुसार रोमियो एण्ड मुनाको यो बक्सवाला पोस्टर प्रतिबिम्वित पोस्टर हो । उसो त फिल्मको तीन गीत र पोस्टर सार्वजनिक भैसकेका छन् । पल पल गीत :

सार्वजनिक तीन गीतहरु भिन्न भिन्न प्रकारका छन् । सुरुमा तीज गीत सार्वजनिक गरिएको थियो । त्यसपछि विकिनी गीत र रोमान्टिक पल पल गीत रिलिज गरियो । गीतमा पाइएको विविधता फिल्ममा पनि पाइएला ? ‘डाइङ क्यान्डल’ निर्देशकको दोश्रो फिल्म ‘रोमियो एण्ड मुना’प्रति थप कौतुहलता बढेको छ ।

विनय र सृष्टिको शिर्ष भूमिका रहेको ‘रोमियो एण्ड मुना’मा निर्देशक केसीको पटकथा छ भने संवादमा निर्देशकसँग निरज महर्जनले साथ दिएका छन् । फिल्म निर्माणमा प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha