दिनेश राउतको ‘प्रसाद’ मा जोडिए निश्चल बस्नेत

दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म प्रसाद मा निर्देशक तथा कलाकार निश्चल बस्नेत पनि जोडिएका छन् । अभिनेता विपिन कार्की र नायिका नम्रता श्रेष्ठसँगै प्रसाद मा निश्चलको पनि महत्वपूर्ण भूमिका रहने बुझिएको छ । फिल्म निःसन्तान दम्पत्तीको कथामा आधारित हुनेछ ।

‘स्क्रिप्टमा त्यो चरित्र निर्माण हुनासाथ मेरो दिमागमा आएको फस्ट इमेज नै निश्चल थियो’ निर्देशक राउतको भनाई, ‘उहाँलाई प्रस्ताव गरेपछि खेल्न राजी हुनुभएको हो ।’ निर्माता सुवाष थापाले मंगलबार निश्चलसँग सम्झौता गरेका छन् । निर्देशक राउतले स्क्रिप्टमा निश्चलको आवश्यक रहेकाले उनलाई नै लिइएको निर्माता सुभाष थापाको भनाई छ ।

निश्चलको भनाई अनुसार प्रसादमा उनले निभाउन गैरहेको भूमिका उनले गरेका फिल्महरु मध्येको चुनौतीपूर्ण भूमिका हो । ‘फिल्मको स्टोरी नै एकदमै राम्रो छ । स्टोरी पनि राम्रो हुनु र क्यारेक्टर पनि दमदार हुने बित्तिकै मलाई खेल्न रुची जागेको हो’, निश्चलको भनाई छ ।

उनले आफुलाई निर्देशक राउत इमान्दार भई काम गर्ने राम्रो फिल्ममेकर लाग्ने भएकोले पनि खेल्न विश्वास बढेको बताए । ‘यो फिल्ममा आबद्ध भएर मैले पनि राम्रो गर्न सकें भने मेरो करिअरको लागि पनि र फिल्मको लागि पनि उपलब्धि नै हुन्छ की भन्ने सोचेर पनि खेल्न राजी भएको हुँ ।’

असार १ देखि छायांकनमा जाने तयारीमा रहेको प्रसादलाई सुशील पौडेलले लेखेका हुन् ।सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको प्रसादलाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha