ऋचा र विनोदको ‘यो पागल मन’ ट्रेलर रिलिज

फिल्म ’यो पागल मन’ को ट्रेलर सार्बजनिक गरिएको छ । मंगलबार राजधानीमा प्रेसमिट गर्दै यो एक्सन लभ स्टोरी फिल्मको ट्रेलर सार्बजनिक गरिएको हो । ट्रेलर हेर्नुस् :

कल्याण अधिकारी निर्देशित फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । यो पागल मन मा बिनोद न्यौपाने, ऋचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगायतको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत र शम्भु सापकोटाको छायाँकन रहेको छ ।

अनिल गौतमको सम्पादन रहेको फिल्ममा भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राइको कोरियोग्राफी र द्वन्द निर्देशन राजु किरांतले गरेका छन् । ‘यो पागल मन’ मा सामिप्यराज तिमल्सिनाको पटकथा तथा सम्वाद छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha