अनमोलको बलिउड डेव्यु, बिक्ला स्टारडम ?

लगालग दुई नेपाली फिल्म खेल्ने सम्झौता गरेका युवा स्टार अनमोल केसीले बलिउड फिल्म पनि खेल्ने भएका छन् । भारतीय दैनिक पत्रिका हमरा महानगरले अनमोलको बलिउड डेब्यु बारे समाचार नै छापेको छ । जुन समाचारको स्क्रिन सट आफ्नो फेसबुकमा सेयर गरेर बलिउड फिल्म खेल्ने अनमोलले पुष्टि गरेका छन् ।

‘अनमोल सुप्रसिद्द म्युजिक कम्पनि वल्र्डवाइड रेकर्ड्स लिमिटेडसँग नयाँ भेन्चरका लागि जोडिएका छन् । जुन कम्पनि अब एउटा हिन्दी फिल्म निर्माण गर्दैछ । नाम तय नभैसकेको सिनेमाको अफिसियल घोषणा छिट्टै हुनेछ । संगीतको दुनियाँमा छुट्टै आयाम स्थापित गरेको यस कम्पनिले अब सिनेमा निर्माणमा पनि हात हालेको छ । म्युजिक कम्पनिले गरेको यो नयाँ पहल हो, हमरा महानगर लेख्छ, हमरा महानगरमा उल्लेख छ ।

अनमोल केसीले डेब्यु गर्ने हिन्दी फिल्मलाई नेपाल, भारतसँगै विश्वका ७४ वटा देशमा रिलिज गरिने बताइन्छ । कम्पनिका ओनर रत्नाकर कुमार भन्छन ‘मलाई एकदमै खुसि लागिरहेको छ की, हामीले नेपाली कलाकारलाई पनि कम्पनिसँग जोड्न पाएका छौँ । यो नयाँ भेन्चरका लेखक र निर्देशक मनोज नारायण र राधेलाई धन्यवाद दिन चाहन्छु ।”

अनमोल यतिबेला होम प्रोडक्सनको फिल्म क्याप्टेन छायाँकनमा व्यस्त छन् । यस लगत्तै उनी झरना थापाको ए मेरो हजुर ३ र मिलन चाम्सको ब्याचल बन्टीमा व्यस्त हुनेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha