रेखाको ‘मालिका’ २९ दिनमै प्याकअप

रेखा थापाको फिल्म ‘मालिका’ को एक महिना नपुग्दै छायाँकन सकिएको छ । सुरु गरेको २९ दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिएको रेखाले बताइन् । ‘सोमबार सुटिङ सकेर काठमाण्डौं फर्किदै छौं’, रेखाले भनिन् ।

रेखा आफ्नै निर्माण, निर्देशन तथा अभिनय रहेको ‘मालिका’मा जाजरकोटकी कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मको छायाँकन जाजरकोट सहित काठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ । टिमको सक्रियता र मौसमले साथ दिंदा समयमै फिल्मको छायाँकन सकिएको रेखाको भनाई छ ।

नर बहादुर कार्की निर्माता रहेको ‘मालिका’को कथा पनि कार्कीकै हो । शिवम अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ ।

‘मालिका’ मा निर्माताको रुपमा सरस्वती थापा र तारा थापाको नाम रहेको छ । मालिका बाल विवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ । रेखाले तिहारमा मालिका रिलिज गर्ने घोषणा गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha