निलुको अन्तिम बिदाई, सेलिव्रेटीका रसाए आँखा

शनिबार हृदयघातका कारण निधन भएकी निर्देशक निलु डोमा शेर्पाको मंगलबार दासंस्कार गरिएको छ । स्वयम्भू आर्यघाटमा बौद्ध परम्परा अनुसार उनको दासंस्कार गरिएको हो । निर्देशक डोमालाई श्रद्धाञ्जली दिन स्वयम्भूमा फिल्म क्षेत्रका विभिन्न सेलिव्रेटीहरु गएका थिए ।

रेखा थापा, दिपाश्री निरौला, माल्भिका सुब्बा, निशा अधिकारी, नम्रता श्रेष्ठ, दयाहाङ राई लगायत सेलिव्रटीहरुले निलुलाई श्रद्धाञ्जली दिए । यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारी, पुर्व मिस नेपाल मलिना जोशी, अस्मि श्रेष्ठ, बैङ्कर अनिल शाह, रविना देशराज जोशी, नायकहरु आयुष्मान देशराज, आशिरमान देशराज, क्रिकेटर शरद भेषवाकर लगायतले निलुलाई श्रद्धाञ्जली दिए ।


निर्देशक डोमालाई श्रद्धाञ्जली दिनेको उपस्थिति बाक्लो थियो । निलुको अन्तिम दाहसंस्कारका तस्बिरहरु : उद्धव रसाईली र कुशल घतानी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha