कमब्याक योजना बनाउँदै बिपना (फोटो/भिडियो)

अभिनेत्री बिपना थापा बिहेपछि पर्दामा फकिएकी छैनन् । भारतको मथुरा राज्य घर भएकी बिपना बेला बेला माइती काठमाण्डौमा आउने गर्दछिन् । छोरा हुर्काएकी बिपना अब भने फिल्ममा फर्किने सोचमा छिन् । भिडियो हेर्नुस् :

‘छिट्टै अभिनयमा फर्किनेछु’, रमाईलो छ सँगको कुराकानीमा बिपनाले भनिन्, ‘छोरा ठुलो भैसक्यो । अब फिल्ममा खेल् भनेर साथीहरुले पनि दबाब दिन थालिसके ।’ एक सय एघार वटा नेपाली फिल्ममा अभिनय गरेकी बिपना पुनः अभिनय मार्फत नै कमब्याक गर्न चाहान्छिन् । ‘बिपना थापा भनेर चिनिएकै अभिनयले हो । त्यसकारण अभिनय मार्फत नै फर्कन चाहान्छु’, उनको बुझाई छ ।

बिपनाले अब खेल्ने फिल्ममा भूमिका कस्तो होला ? अनि नायक को होलान् ? ‘मलाई यही रोल होस भन्ने छैन् । म कलाकार हुँ जुनसुकै रोल गर्छु’, बिपनाले हाँस्दै भनिन्,’ जेमा पनि फिट हुने भएर मलाई आलु हिरोइन भन्थें । त्यसैले मलाई यही हिरो चाहिन्छ भन्ने छैन ।’ कुराकानीको क्रममा आफुले अभिनयबाट सन्यास नलिएको समेत  बिपनाले बताइन् ।

उसो त उनका समकालिन हिरोइनहरु निरुता सिंह र जल शाह लगायत अहिले फिल्ममा सक्रिया छैनन् । निरुताले भर्खरै ‘नाईं नभन्नू ल ५’ मार्फत केमियो रोलमा कमब्याक गरेकी छन् । आफ्नो बेलाकी बोल्ड हिरोइन बिपनाको कमब्याक चाहिं कस्तो होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha