रुकुमका महिलाहरुको बिचमा ‘मालिका’ (फोटो फिचर)

छायाँकन सकिए लगत्तै रेखा थापाले फिल्म ‘मालिका’ को प्रचार प्रसार सुरु गरेकी छन् । सोमबार सुटिंग सकेकी रेखाले बुधबार रुकुमको चौरजहारीमा पुगेर उपस्थित हजारौं दर्शकसँग मालिका बारे बोलिन् ।

छोरीको निम्ति स्वर्णिम नेपाल अभियानकी मुख्य अभियान्ता समेत रहेकी रेखाले चौरजहारीका दर्शक आफ्नो पछिल्लो फिल्मलाई लिएर निकै उत्साहित भएको बताइन् । ‘सुरुमा त उहाँहरुलाई नाम नै राम्रो लागेछ’, रेखाले सुनाइन्, ‘फिल्मको मुख्य विषयवस्तु भनेपछि विशेष गरी महिलाहरु उत्साहित भएको पाएँ ।’

रेखा आफ्नै निर्देशन रहेको ‘मालिका’ बाल बिबाह अन्त्य र महिला शशक्तिकरणको विषयमा केन्द्रित छ । उनले देशका हरेर गाउँ तथा शरहरमा महिला शशक्तिकरण केन्द्रित कार्यक्रम गरिने समेत बताइन् । रुकुममा ‘मालिका’ उर्फ रेखा थापाप्रति देखिएको क्रेजले फिल्मका कार्यकारी निर्माता नर बहादुर कार्की अचम्मित भएछन् ।

‘रेखा जीलाई हेर्नकै लागि महिलाहरु घण्टौं हिंडेर चौरजहारीमा आएका थिए’, कार्कीले भने, ‘यसले दर्शकहरु नेपाली फिल्म र कलाकारप्रति उत्साहित छन् र माया गर्छन् भन्ने देखाउँछ ।’ ‘मालिका’मा नर बहादुरको पनि अभिनय छ ।

तिहारमा रिलिज हुने ‘मालिका’मा रेखा सँगै जाजरकोटकी कमला वलीको पनि मुख्य भूमिका रहेको छ । सामाजिक चेतनासँग जोडेर रेखाले मालिकाको भव्य प्रचार प्रसार गर्ने योजना बनाएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha