‘ड्रिम गर्ल’ आश्मासँग आकाशको रोमान्स (भिडियो)

लभ स्टोरी फिल्म ‘ड्रिम गर्ल’ को रोमान्टिक गीत रिलिज गरिएको छ । नेपालको रारा ताल र थाइल्यान्डका सुन्दर दृश्यमा खिचिएको गीतमा नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरीको रोमान्स महसुश गर्न सकिन्छ । भिडियो :

‘तिम्रो माया’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा अम्बिका शर्माको शब्द छ । स्वर अञ्जु पन्त र सुरेश लामाले दिएका छन् । भिडियोको कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् । ऋषिराज आचार्य निर्देशित ड्रिम गर्लमा आकाश र आश्मासँगै विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित लगायतको अभिनय रहेको छ ।

राहुल राई र रामेश्वर हुँमागाईंको छायाँकन रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ । फिल्ममा अर्जुन शर्मा, निर्देशक आचार्य, र रामेश्वर धितालको लगानी छ । फिल्म असोज १९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha