बुद्धि तामांगका २ फिल्म, हेर्ने ‘चंगा’ कि ‘मट्टी माला’ ?

यो शुक्रबार दुई नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । जेठ २५ देखि फिल्म ‘चंगा’ र ‘मट्टी माला’ एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुवै फिल्ममा कलाकार बुद्धि तामांगको अभिनय छ । दुई मध्ये तपाई कुन फिल्म हेर्नुहुन्छ ?

‘डिठ्ठा साब’को नामले चिनिने कलाकार किशोर भण्डारीले निर्देशन गरेको फिल्म हो, ‘चंगा’ । रेश्मा तिमल्सिनाले बनाएको फिल्ममा बुद्धिसँगै कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, प्रेमवर्षा खड्का, जीवन भट्टराई र निर्माता स्वयम तिमल्सिनाको लगायतको अभिनय रहेको छ । फिल्मको कम्पनी माला गीत लाई रुचाएको छ । निर्देशक र निर्मातासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् : 

फिल्म ‘मट्टी माला’ लाई नयाँ निर्देशक टेक पौरखी राईले निर्देशन गरेका हुन् । फिल्ममा बुद्धि तामांग, रजनी गुरुंग, प्रियंका कार्की, पृथ्वी राई, शिशिर राणा, अर्जुन गुरुंग लगायतको अभिनय छ । फिल्मलाई पृथ्वीले नै बनाएका हुन् । महंगो मुल्य पर्ने मट्टी मालाको कथामा फिल्म बनेको हो । निर्देशक र कलाकार ए.गुरुंगसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha