भदौ १५ देखि माधव वाग्लेको ‘चङ्गा चेट’

माधव वाग्ले निर्मित फिल्म ‘चङ्गा चेट’ को रिलिज मिति तय भएको छ । निर्देशक दिपेन्द्र के खनालले भदौ १५ लाई फिल्मको प्रदर्शन मिति तोकेका छन् । निर्माता वाग्ले भने नक्कली नोट प्रकरणमा यतिबेला थुनामा छन् ।


छायाँकन सकेर पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘चङ्गा चेट’ मा धेरै कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा प्रियंका कार्की, आयुष्माना देशराज जोशी, सन्दिप क्षेत्री, सुरक्षा पन्त, रविन्द्र झा लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा समावेश ‘गोजीमा दाम छैन’ गीतको भिडियो केही दिनमा रिलिज गरिने निर्देशक खनालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha