जापानमा हुने सुर्य इन्टरनेशनल अवार्डको फारम खुला

जापानको टोकियोमा पहिलो पटक हुने सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुला गरिएको छ । आयोजकले सो सम्बन्धि एक विज्ञप्ती जारी गरेको छ । आगामी सेप्टेम्वरको १६ तारिख अर्थात २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने जनाएको छ । उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६-६ गरि १२ विधा रहने आयोजकले जनाएको छ ।

जसमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकारमा महिला र पुरुष गरि ६ विधा र संगीत तर्फ लोक, पप र आधुनिक गायक गायिका गरि ६ विधा राखिएको छ । विश्वभरीबाट अनलाईन तथा सामाजिक सञ्जाल मार्फत भोटिङ हुने र भोटिङबाट नै पपुलर अवार्ड वितरण गर्ने आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।

नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन सुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गरिने विज्ञप्तीमा भनिएको छ । यहि जेष्ठ मसान्तसम्म अवार्डको लागि फरम भर्न पाउने विज्ञप्तीमा उल्लेख छ ।

अवार्डको लागि हाल जापान र नेपालमा भव्य तयारी भईरहेको पनि बासुदेव लामिछाने बताएका छन् । यस्तै अवार्ड समारोहमा ३ दर्जन बढि कलाकर्मीहरु र केही पत्रकारहरु जापानको एउटै मञ्चमा देखिने बताएका छन् । अवार्ड समारोहमा कमेडी, नृत्य, गायन लगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरु प्नि रहने आयोजकले बताईएको छ ।

यता नेपालमा कलाकर्मी व्यवास्थापन र फारम वितरण तथा संकलन गर्न बरिष्ठ पत्रकार नरेश भटट्राई र चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीलाई जिम्मेवारी दिएको बासुदेव लामिछानेले बताएका छन् । विधागत सूची दर्ताको लागि बलामी फिल्म ईनटरटेन्मेन्टका समीर बलामीसँग सहकार्य गर्न पनि विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha