शिल्पा र पृथ्वीको ‘मायामा बियर परेछ’ ! (भिडियो)

फिल्म ‘वीराङ्गना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मायामा बियर परेछ’ बोलको गीतमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईंलाई रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । दिपक शर्माको संगीत र रघु परियारको शब्द रहेको तिम्रो हाम्रो मायामा बियर परेछ बोलको गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर रहेको छ । भिडियो हेर्नुस् :

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन् । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । सुमी चामलिङ राई सह निर्माता रहेका छन् ।

नारी प्रधान एक्शन लभ जनरामा निर्माण गरिएको फिल्ममा शिल्पा र पृथ्वीका सँगै अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ । वीराङ्गनाको यश अघि तिमी पुलिस म नि पुलिस बोलको गीत सार्वजनिक भइसकेको छ ।

फिल्ममा कविराज गहतराजको पनि नृत्य छ । यस्तै श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । फिल्म असार २९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha