‘मितिनी’सँग करिश्माको यति मिठो माया (फोटो फिचर)

‘मितिनी’ नायिका बिपना थापा र रेखा थापाको दश वर्षपछि भेट भएको छ । कलाकार तथा डिजाइनर अनुपम श्रेष्ठको जन्मदिनमा दुई मितिनीको भेट हुँदा माहोल हेर्न लायकको रह्यो । दुई मितिनीसँग सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले पनि मिठो माया साटिन् ।


अनुपम उर्फ हट्टी नट्टीको नयाँ बानेश्वर निवासमा करिश्मा, बिपना र रेखाले निकै रमाईलो गरे । लामो समयपछिको भेटमा उनीहरुले निकै निकै बेर भलाकुसरी पनि गरे । बिहेपछि घरायसी कार्यमा व्यस्त रहेकी बिपनालाई रेखाले फिल्ममा फर्किन आग्रह गरिन् । बिपनाले पनि नयाँ सोचका साथ फिल्ममा ब्याक हुने बताइन् ।

लामो समयपछि फिल्मी जमघटमा सामेल भएकी बिपनाले करिश्मा र रेखालाई भेटेर निकै खुसी लागेको बताइन् । करिब दश बजेसम्म रमाईलो गरेका करिश्मा, बिपना र रेखाले विभिन्न शैलीमा लोभलाग्दो तस्बिर खिचाए । जुन तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha