राजेश हमाल फेरी ‘सकुन्तला’ निर्देशकको फिल्ममा

महानायक राजेश हमाललाई पुनः ठुलो पर्दामा देख्न पाइने भएको छ । निर्देशक दिनेश श्रेष्ठले जेठ गते २६ जन्मदिनमा महानायकलाई नयाँ फिल्म उपहार दिएका हुन् । निर्देशक श्रेष्ठसँग महानायकले यसअघि ‘सकुन्तला’ नामक फिल्ममा काम गरेका छन् । यो सालबाट राजेश हमाल ५४ वर्षमा प्रवेश गरेका छन् ।


बुझिए अनुसार महानायकले खेल्ने फिल्मको ७ महिना देखि स्क्रिप्टको काम भैरहेको छ । फिल्ममा ४ नायिका रहने बताइन्छ । यद्पी नायिका तय भैसकेका छैनन् । फिल्मलाई अनिल पाण्डे, प्रिन्स युवराज कार्की र शिवराज कार्की लगायतले संयुक्त रुपमा निर्माण गर्नेछन् । नाम तय भैसकेको फिल्म कस्तो बन्ने हो ? त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha