इटहरीमा खुल्यो सुबिधा सम्पन्न मल्टिप्लेक्स

निर्माता छविराज ओझा र नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय मिलेर ईटहरीको आईतवारेमा सुबिधा सम्पन्न फिल्म हल संचालनमा ल्याएका छन ।

‘एलाईट सिनेमा’ नाम दिइएको उक्त फिल्म हलमा २०८ र १४४ जनाको सिट क्षमता सहितका दुई वटा पर्दा रहेको छ ।हलमा उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो प्रोजेक्सन जडान गरिएको छ । यसअघी इटहरीमा एउटा मात्रै फिल्म हल संचालनमा रहेको थियो ।

ईटहरी र सुनसरीको मुख्य शहरको रुपमा रहेको ईटहरिमा पूर्वी नेपालका दर्शकलाई मध्यनजर गर्दै फिल्म हल संचालनमा ल्याइएको हो । ‘एलाईट सिनेमा’ मा नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर तोकिएको छ । औपचारिक रुपमा भने असार १ गरेबाट मात्रै हल संचालनमा आउनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha