‘छक्का पञ्जा ३’ मा स्वस्तिमाको ‘सप्राइज इन्ट्री’ !

‘छक्का पञ्जा ३’ को छायाँकनबाट विभिन्न तवरका तस्बिरहरु बाहिरिने क्रम जारी छ । आइतबार कलाकार तथा निर्माता जितु नेपालले भने सप्राइजवाला तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरे ।

जितुले पोस्ट गरेको तस्बिरमा निर्देशक दिपाश्री निरौला, दिपकराज गिरी, किरण केसी, शिवहरी पौडेलको समुहमा नायिका स्वस्तिमा खड्का सप्राइज रुपमा देखा परेकी हुन् । तस्बिर अनुसार स्वस्तिमा पनि फिल्ममा आवद्ध छिन् । तर निर्माण पक्षले मुर्हतमा स्वस्तिमाको नाम सार्वजनिक गरेको थिएन । ‘छक्का पञ्जा ३’ समुहको तस्बिरमा अटाएकी स्वस्तिमाको फिल्ममा के कति भूमिका होला त ? दशैंमै स्वस्तिमा अभिनित ‘जय भोले’ रिलिज मिति तय गरेको छ ।

उसो त छक्का पञ्जा सिक्वेलकी बर्षा राउतले पनि पोखरामा पुगेर छायाँकन सकाएकी छन् । उनीसँगै प्रेमी संजोग कोइराला पनि यसपाली सुपरहिट सिरिजमा समावेश भएका छन् । नायिका प्रियंकको कार्कीको फिल्ममा विशेष भूमिका छ ।

‘छक्का पञ्जा ३’ की लिड हिरोइन दीपिका प्रसाईं हुन् । दीपिकासँगै दीपकराज, जितु, केदार घिमिरेको फिल्ममा मुख्य भूमिका छ । दशैंमा रिलिज गर्ने गरी फिल्मको छायाँकन भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha