प्रेसमिटमा मलिनाको मुड खराब, मनिषसँग रोमान्टिक

असार ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘तिमी हुन्छौं जहाँ जहाँ’ को सोमबार पुतलीसडकको एक क्याफेमा प्रेसमिट राखिएको थियो । प्रेसमिटको व्यवस्थापकिय पक्ष सवल नहुँदा फिल्मकी नायिका मलिना जोशी कार्यक्रम अवधीभर मलिन हुंन पुगिन् ।

‘माइक चलिरहेको छैन । पोस्टर खसिरहेको छ । अनि स्याड त भैहाल्छ नि’, किन दुःखी हुनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मलिनाको जवाफ थियो, ‘म उसै बस्यो भने मलाई स्याड नै देख्छ । फेरी यो माहोल नै यस्तो छ ।’ यद्पी उनले फिल्म हेर्न दर्शकलाई आव्हान भने गरिन् । मुड खराब भएपनि नायक मनिष श्रेष्ठसँग चाहिं मलिना रोमान्टिक भइन् ।

मलिनासँग दोश्रो पटक स्क्रिन सेयर गरेका नायक मनिष सुन्दर श्रेष्ठले फिल्म राम्रो बनेको बताए । ‘रानी’ पछि मनिष र मलिना ‘तिमी हुन्छौं जहाँँ जहाँ’ मा सँगै देखिएका हुन् । मनिषले यो फिल्ममा आफुलाई विभिन्न अवतरामा देख्न पाउने बताए ।

पहिलो पटक फिल्म निर्देशन गरेका विकास बस्यालले ‘तिमी हुन्छौं जहाँ जहाँ’ मा लभ, रोमान्स र एक्सन देख्न पाउने बताए । ‘फिल्म राम्रो बनेको छ । दर्शकलाई मन पर्छ भन्ने लाग्छ’, निर्देशक वस्यालले भने ।

मदन दवाडीको प्रस्तुती रहेको फिल्म ‘तिमी हुन्छौं जहाँ जहाँ’ मा प्रकाश बाँस्कोटा कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्ममा मनिष र मलिनासँगै नायक स्वरुप पुरुष ढकालको पनि अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha