मितिनी ‘१० वर्षपछि भेट्दा पनि उस्तै’ (फोटो/भिडियो)

नायिका बिपना थापासँग ‘मितिनी’ लगाएपछि हिरो डेव्यु नायिका रेखा थापाको पर्दामा पाइला द्रुत गतिमा चल्न थाल्यो । बिपनाले भने बिहेपछि फिल्मबाट पूर्ण रुपमा बिश्राम लिइन् । बिपना र रेखासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

बिपनाले बिहे गरेको दश बर्ष भैसकेको छ । भारतको मथुरा राज्यका आषुतोष भारद्वाजसँग बिहे गरेकी बिपनाले छोरा पनि हुर्काइसकेकी छन् । घर गृहस्थीलाई व्यवस्थापन गरिसकेकी बिपना अब भने ठुलो पर्दामा फर्किने सोचमा छिन् । बिपााको ‘कमब्याक’ सोचलाई मितिनी रेखाले थापाले स्वागत गरेकी छन् ।

‘दिदी अहिले पनि हिरोइन भएर फर्कन सक्नु हुन्छ’, रेखा भन्छिन्, ‘बिहे भएर बच्चा भएपछि झन राम्री हुनु भएछ । दिदी छिट्टै फिल्ममा फर्किनु पर्छ ।’ उसो त बिपनाले पनि रेखालाई ‘मितिनी’ खेल्दाको जस्तै देखिछन् । ‘रेखा त परिवर्तन हुनै सक्दैन । मितिनी खेल्दा जस्तो थियो अहिले पनि उस्तै छ’, बिपनाको भनाई छ ।

कुराकानीको क्रममा रेखाले आफु भन्दा अघिल्ला तीन अग्रज अभिनेत्रीको खुबै प्रशंसा गरिन् । ‘निरुता, जल र बिपना तीनै जना दिदीहरु हिरो जस्तो लाग्थ्यो । उहाँहरुकै मार्गदर्शनमा अगाडी बढेको हो’, रेखाले भनिन् ।

बिपनाले पनि नयाँलाई आफुले कहिले पनि प्रतिस्पर्धाको भावनाले नहेरेको बताइन् । ‘हामी सँगै काम गर्दा कहिले पनि डोमिनेट गरिन । सबै आफ्नो बहिनी भाई जस्तो लाग्थ्यो । मितिनी खेल्दा मैंले रेखाको गाजल मिलाइदिन्थें !’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha