‘रोमियो एण्ड मुना’को राक्षसी रुप रिलिज

साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’को मोन्सटर पोस्टर रिलिज गरिएको छ । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्मको बक्सवाला पछि यो पटक राक्षसी रुपवाला पोस्टर सार्वजनिक गरिएको हो ।

आफु भित्रको दानवलाई चिन्नुस् भन्ने ट्याग लाइन सहित सार्वजनिक भएको यो पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो । ‘मोन्सटरलाई पनि फिल्ममा एउटा पात्रको रुपमा देख्न सकिनेछ’, निर्देशक नरेश कुमार केसी भन्छन्, ‘फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रयोग गरेका छौं ।’ पल पल गीत सुन्नुस् :

 

 

भि मोसन पिक्चर्स, पिएमजी पिक्चर्स र केएस प्रोडक्सनको प्रस्तुती रहेको ‘रोमियो एण्ड मुना’ लाई विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् । डाइङ क्यान्डल बाट प्रशंसा पाएका निर्देशक नरेश कुमार केसीको ‘रोमियो एण्ड मुना’ दोश्रो निर्देशकिय फिल्म हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha