गायक गौतमको अष्ट्रेलियामा फेशन कलेक्सन सुरु

गायक आशिष गौतम ‘सचिन’ ले अष्ट्रेलियामा फेशन कलेक्सन सम्बन्धि व्यवसाय सुरु गरेका छन् । मुख्यतः महिलाहरुको फेशन तथा ड्रेस कलेक्सनलाई मध्यनजर गर्दै ‘आरोही पार्टीज कलेक्सन’ नाममा आशिषले फेशन ब्राण्ड सम्बन्धि नयाँ विजनेस सुरु गरेका हुन् ।

यसअघि चाइनामा रहेर उनले लामो समयदेखि फर्नि्सिङ सम्बन्धी व्यवसाय गर्दै आइरहेका छन् । सिड्नी शहरमा रहेर कुनै पनि नेपालीले फेशन विधामा सुरु गरेको विज्नेसलाई आशिषले पहिलो दाबी गरेका छन् । पार्टीज कलेक्सनलाई ध्यानमा राखेर आफ्नै छोरीको नाममा ओपनिङ गरिएको आरोही कलेक्सनमा विशेषतः महिलाहरुको लागी पार्टी सम्बन्धि ड्रेस, ब्यागसँगै आर्टि्फिसियल ज्वेलरीहरु उपलब्ध हुने उनले बताए ।

गायन तथा सांगितिक विधालाई सोख मान्ने आशिषले व्यवसाय आफ्नो मुख्यः पेशा मान्छन् । ‘गीत गाउने सानो उमेरदेखिको मेरो सोख हो, सुरुवातमा गायनविधामा स्थान नपाउँदै गर्दा कोरियोग्राफीलाई समेत अघि बढाएँ’, आशिषले भने, ‘अब भने नेपाली गीत संगीत क्षेत्र र यो सँग जोडिएका व्याक्तित्वहरुसँग केहि नजिक छु, आजको दिनमा गायन क्षेत्रमा सकृयता बढाउन थप हौसला मिलेको छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha