नाजिरको ‘कुरुप हाँस’ पोखरामा असार १ देखि देखाइने

नाजिर हुसेनको परिकल्पना एवं निर्देशन रहेको नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ । असार १ गतेदेखि ३ गतेसम्म पोखरा थिएटरको गन्दर्भ नाटकघरमा नियमित मञ्चन हुनेछ ।

डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा ‘अग्लीडकलिङ’ कथामा आधारित नाटक यसअघि वैशाख २८ गतेदेखि जेठको २० गतेसम्म काठमाडौंस्थित मण्डलानाटकघरमा मञ्चन भएको थियो । नाटकमा सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ दिदी र यात्राका क्रममा भेटिनेहरुले गर्ने अपहेलना र विभेद देखाइएको छ । नाटकमा संवादको प्रयोग छैन ।

’यो एउटा बिम्वात्मक कथा र प्रस्तुति हो । कथाको केन्द्रमा हाँस भएपनिहाम्रो समाजमा मान्छेले मान्छेलाई नै रुप, रङ् वा जात, धर्म, लिङ्गका आधारमा गरिने विभेद संकेत गर्छ’, नाजिर भन्छन् । नाटकको कथामा आफू र आफ्ना भोगाइहरु समेत महसुस गरेको नाजिरले बताए ।

सांगीतिक नाटकमा कलाकारहरु नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजयाकार्कीको अभिनय रहेको छ। अनुप न्यौपानेको मञ्च व्यवस्थापन रहेको नाटकमा प्रकाश सुदिप खतिवडाले र संगीत मिलन कार्कीलेव्यवस्थापन गर्नेछन्।

नाटक असार १ गतेदेखि ३ गतेसम्म दिउसो १ बजे र साँझ ५ : ३० बजे नियमित मञ्चन हुनेछ। नाटक हेर्नकालागि टिकट दर विद्यार्थीका लागि २००, जेनेरल ५०० र १००० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha