‘कस्मिक लभ’ को ‘माया तिमीलाई’ रेकर्डिङ

अर्पण थापा, दिया मास्के र प्रशान्त ताम्राकार मुख्य भूमिकामा रहने गरी फिल्म कस्मिक लभ बन्ने भएको छ । फिल्मलाई शंकर अधिकारीले निर्देशन गर्नेछन् । असारको दोश्रो साताबाट छायाँकन सुरु हुने फिल्मको गीत रेकर्डिङ भने यसै साता गरिएको छ ।

‘कस्मिक लभ’ को ‘माया तिमीलाई’ बोलको गीतमा मिलन अमात्य र बाबुल गिरीले स्वर दिए । गीतको शब्द दिनेश सुवेदीले लेखेका छन् । फिल्ममा सुरेश बज्राचार्यले छायांकन रहनेछ भने कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् । फिल्मको कथा शेखर ज्ञावलीले लेखेका हुन् ।

जय गौतमले निर्माण गर्ने ‘कस्मिक लभ’ मुभी मेकर्सको ब्यानरमा र सुरज प्रधानको प्रस्तुतिमा तयार हुनेछ । डी. एन. दाहाल कार्यकारी निर्माता रहनेछन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha