सन्तोष सेनका छोराले भेटाए मामु

निर्माता सन्तोष सेनले बनाउने फिल्म ‘मेरी मामु’ की शिर्ष पात्र फाइनल भएकी छन् । निर्माता सेनका अनुसार मेरी मामु मा कुसुम गुरुङ मुख्य भुमिकामा अनुबन्धित भएकी हुन् । कुसुम लण्डन निवासी थिएटर एक्टर हुन् ।

कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिएक छिन् भने सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनय समेत गरेकी छिन् । आसुसेन फिल्मसको ब्यानरमा बन्ने चौथो फिल्म मेरी मामु का निर्माता सेनका कान्छा छोरा आयुव  सेन पनि मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । ‘बाँकी कलाकार मुहर्तमै सार्वजनिक गर्नेछौं’, निर्माता सेन भन्छन् । बाल मनोविज्ञानमा बन्ने फिल्मलाइ याम थापाले निर्देशन गर्नेछन् ।

अषाढ ३ गतेबाट छायानंकन सुरु हुने ‘मेरी मामु’ लाई निर्माता सेनले भदौसम्म रिलिज गर्ने लक्ष्य लिएका छन् । त्यसपछि प्रेम गीत ३ को छायाँकन सुरु गर्ने उनको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha