थापाको शवलाई प्रज्ञामा राख्न दिइएन, पशुपति लगियो

गएराती २ बजे स्वर्गारोहण भएका बरिष्ठ कलाकार भिम बहादुर थापालाई अन्तिम दाहसंस्कारको लागि पशुपति आर्याघाट लगिएको छ । पुर्न निर्माणको बाहना देखाउँदै प्रज्ञा भवन प्रतिष्ठानमा थापाको शव श्रद्धाञ्जलीका लागि राख्न नपाएको कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले बताए ।

‘अब पशुपतिमै श्रद्धाञ्जलीका लागि राख्छौं’, अध्यक्ष बोगटीले भने, ‘केही साथी पुगेर पनि फर्किनु भएछ ।’ प्रज्ञा भवन प्रतिष्ठानले पटक पटक विभिन्न वाहाना बनाउँदै स्वर्गिय श्रष्टाको श्रद्धाञ्जलीमा अबरोध गरेको बोगटीले बताए । ‘अब चाहिं प्रक्रिया अगाडी नै पुरा गरेर सहज बनाउँछौं’, बोगटीको भनाई छ । सार्वजनिक बिदाको दिनमा पनि प्रज्ञाले श्रष्टाको श्रद्धाञ्जलीमा प्रक्रिया खोज्ने गरेको उनले गुनासो गरे ।

प्रज्ञा भवनमा शव राख्न नदिएपछि कलाकारहरुले स्व.कलाकार थापाको मैतिदेवी निवासमा पुगेर श्रद्धाञ्जली दिए । धर्म छोरी दिपाश्री निरौला, मिथिला शर्मा, सरिता लामिछाने, आर्मी चिफ राजेन्द्र थापा लगायतले मैतिदेवी निवासमा पुगेर स्व.कलाकार थापालाई श्रद्धाञ्जली दिए । कलाकार संघ र टेलिभिजन कलाकर्मी मञ्चको झण्डा ओढाएर थापाको शवलाई पशुपति लगिएको छ । मैतिदेवी घरमा देखिएको यो मार्मिक दृश्य भिडियोमा हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha