यसरी गरियो भिम बहादुर ‘बा’ को अन्तिम दाह संस्कार

९२ वर्षमा निधन भएका वरिष्ठ कलाकार भिम बहादुर थापाको अन्तिम दाह संस्कार गरिएको छ । बुधबार मध्यान्ह पशुपति आर्यघाटमा उनकी जेठी छोरीले दागबत्ती दिइन् । एक मात्र छोरा अमेरिकामा छन् । छोरी दुई वटी छन् । भिडियो हेर्नुस् :

दर्जन बढी टेलिफिल्म र फिल्ममा अभिनय गरेका कलाकार थापाको अन्तिम दाह संस्कारमा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, धर्म छोरी दिपाश्री निरौला, निर शाह, बसुन्धरा भूषाल, चैत्यदेवि सिंह, सिताराम कट्टेल धुर्मुस लगाउत आर्यघाटमा उपस्थित थिए । रमाईलो छ का कुशल घतानी राईले खिचेका केही तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha