ट्रेन्डिङ नम्वर एकमा ‘राज्जा रानी’ (पुरा फिल्म)

तराईमा व्यप्त बाल विवाह र दाईजो पथा विरुद्ध बनेको फिल्म ‘राज्जा रानी’ केही दिनदेखि युट्यु ट्रेन्डिंग नम्वर एकमा बसिरहेको छ । केकी अधिकारी र नाजिर हुसेनको शिर्ष भूमिका रहेको यो फिल्मलाई एक सातमा ३१ लाख बढीले हेरिसकेका छन् । पुरा फिल्म हेर्नुस् :

याम थापाको लेखन तथा निर्देशन रहेको ‘राज्जा रानी’ हेरेर चार हजार भन्दा बढीले प्रतिक्रिया जनाएका छन् । जसमा अधिकांश प्रतिक्रिया सकारात्मक छन् । युट्युवमा हिट यो फिल्मले सार्वजनिक प्रदर्शनमा भने दर्शकको उल्लेख्य साथ पाउन असफल भएको थियो । रमेश एमके पौडेलले निर्माण गरेको फिल्ममा रेखा थापाको पनि विशेष भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha