ह्याप्पी वर्थ डे : नम्रता श्रेष्ठ ३३ वर्ष लागिन्

नायिका नम्रता श्रेष्ठ ३३ वर्ष लागेकी छन् । जुन १४, १९८५ उनको जन्ममिति हो । धरानमा जन्मिएकी नम्रताले ‘सानो संसार’ फिल्मबाट फिल्मी यात्रा सुरु गरेकी हुन् ।

नायिका नम्रता श्रेष्ठ नेपाली फिल्म क्षेत्रमा सुन्दरी र राम्रो अभिनय गर्ने नायिका मध्येमा पर्न आउँछिन् । राष्ट्रिय पुरस्कार विजेता नायिकाले आफ्नो एक दशकको फिल्म करिअरमा जम्मा एक दर्जन फिचर फिल्ममा मात्रै मुख्य भूमिका निभाएकी छन् । उनी वर्षमा प्रायः एउटा मात्रै फिल्म खेल्दछिन् ।

पछिल्लो समय नम्रताले अभिनय गरेको फिल्म ‘जाइरा’ प्रदर्शनको क्रममा छ भने ‘प्रसाद’को छायाँकन सुरु हुँदैछ । नम्रता आफैले पनि फिल्म ‘सोल सिस्टर्स’ बनाएकी थिइन् । तर उक्त फिल्म व्यापारिक रुपमा सफल भएन । दावा स्टेफेन शेर्पासँगको प्रेममा रहेकी नम्रता रेष्टुरेन्ट व्यवसायमा पनि आवद्ध छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha