‘जय भोले’मा माया जोख्दै सलोन र स्वस्तिमा (भिडियो)

दशैंमा रिलिज हुने फिल्म ‘जय भोले’को पहिलो गीत रिलिज गरिएको छ । ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतमा नायिका स्वस्तिमा खड्का, सलोन बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछाने, बुद्धि तामांग, राजाराम पौडेल, जयनन्द लामा लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियो हेर्नुस् :

राजनराज सिवाकोटप्को संगीत, शब्द तथा स्वर रहेको गीतमा मेलिना राईको फिमेल भोकल छ भने कोरियोग्राफी वरिष्ठ कोरियोग्राफर बसन्त श्रेष्ठले गरेका छन् ।

अशोक शर्माको निर्माण तथा निर्देशन रहेको फिल्म ‘जय भोले’को बिहिबार भव्य कार्यक्रम गर्दै पहिलो गीत रिलिज गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha