‘रोमियो एण्ड मुना’ भेडेटार घुम्न जाँदै (भिडियो)

फिल्म ‘रोमियो एण्ड मुना’को अर्को गीत सार्वजनिक गरिएको छ । ‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ । शब्द दिनेश राउतले लेखेका हुन् । भिडियो हेर्नुस् :

यसअघि ‘रोमियो एण्ड मुना’का तीन गीत सार्वजनिक भैसकेका छन् । भेडेटार सहित फिल्मको चार गीत दर्शक तथा श्रोता माझ आइसकेका छन् । अझै फिल्ममा समावेश एउटा गीत सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । ‘स्क्रिप्टको डिमान्ड अनुसार नै गीत राखेका हौं’, निर्माता गोपालीको भनाई छ ।

नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । यी सँगै फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको अभिनय छ । साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको असारको पहिलो साता प्रोमो सार्वजनिक हुनेछ ।

फिल्म निर्माणमा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले निर्माण गरेका छन् । प्रदर्शन मिति नजिकिए सँगै निर्माण युनिट प्रचार प्रसारमा लागि परेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha