रोकियो ‘रोजी’ को छायाँकन, तर किन ?

नायक प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को छायाँकन स्थगित भएको छ । रोजी महर्जनका परिवार र फिल्म युनिटबिच कुरा नमिलेसम्म चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेलको रोहवरमा छायाँकन स्थगन गर्ने सहमती भएको हो ।

निरक पौडेल निर्देशित फिल्म ‘रोजी महर्जनको हत्यासँग सम्बन्धीत रहेको समाचार प्रकाशित हुन थालेपछि परिवारको ध्यानाकर्षण भएको थियो । यसबिच उनीहरुले विकास वोर्डसँग फिल्म रोक्न पटक पटक आग्रह गरेका थिए ।
सोहीकारण वोर्ड अध्यक्ष पौडेल रोजीको सुटिंग रोक्न बाध्य भएकी हुन् । स्मरण रहोस् निर्देशक निरक अध्यक्ष पौडेलका सहोदर भाई हुन् । रोजीको सन् २०११ अगष्टमा आफ्नै प्रेमीले हत्या गरेका थिए । भिडियो : 

निर्देशक निरकका अनुसार फिल्मको एक गीत सहित २० दिनको छायाँकन बाँकी छ । बोर्डको निर्णयसँगै निर्माण पक्षलाई आर्थिक भार थपिने निश्चित छ । फिल्ममा प्रदीसँगै पारमिता राज्य लक्ष्मी शाह, मिरुना मगर, कर्म, वरुण राणा लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha