जितु नेपाल ४३ वर्ष पुग्दा कसले के लेखे ?

चर्चित हाँस्य व्यांग्य कलाकार जितु नेपाल ४३ वर्ष लागेका छन् । जेठ १ गते जन्मिएका जितु विशेषतः ‘जिरे खुर्सानी’को मुन्द्रे क्यारेक्टरले दर्शकमाझ चर्चित छन् ।

‘छक्का पञ्जा’ सिरिजका कलाकार तथा निर्माता नेपाल देश तथा विदेशमा आयोजना हुने स्टेज शोमा पनि उत्तिकै व्यस्त हुने गर्दछन् । स्ट्यान्डअप कमेडीमा जितु माहिर मानिन्छन् । यिनै भर्सटायल व्यक्तिलाई जन्मदिनमा नेपाली फिल्मका थुप्रै व्यक्तिले शुभकामना दिएका छन् । जितुको जन्मदिनका कसले के लेखे त ?

निर्देशक तथा निर्माता दिपाश्री निरौला लेख्छिन्, ‘मेरो लाला जन्मदिन को शुभकामना !’

दीपकराज गिरी : प्रिय मित्र जीतू नेपाल जन्मदिनको लाखौ शुभकामना हाम्रो मित्रता र सहकार्य निक्कै पूरानो भएको यो फोटोले पनि बताउँ छ । तपाइले प्राप्त गरेको यो सफलता उदाहरणिय छ भबिष्यमा अझ धेरै प्रगति र उन्नतिको कामना गर्दछु ।

केदार घिमिरे, माग्ने बुढा : नेपाली हाककस्य जगतका हस्ती,बौद्धिक ब्यक्तित्व, सबैका प्यारा, सरल मिजासका, जितु दादा, मेरो लाला लाई जन्मदिनको लाखौ शुभकामना ।

सिताराम कट्टेल, धुर्मुस : गर्व गर्न लायक मेरा गुरु । आदरणीय जितु नेपाल दाजुको लागि आजको दिन जति विशेष छ । उहाँको जन्म मेरो लागि पनि उत्तिकै विशेष छ । कलाकार बन्ने सपना साकार बनाउन सहयोग गर्नु हुने मेरो जिवनका शिल्पकार, बहुप्रतिभाशाली, सिर्जनशील करोडौं दर्शकको मनमा बस्न सफल जितु दाजुलाई जन्म दिनको शुभकामना ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha