‘ब्यूटी हेरिटेज’उद्घाटनमा पुर्व मन्त्रीदेखि नायकसम्म

रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाले ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा ल्याएकी छन् । शुक्रवार पूर्वमन्त्री प्रभु शाह, नायक नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र वरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले संयूक्त रुपमा ‘ब्यूटी हेरिटेज’ को रिवन काटेर उद्घाटन गरे ।

यसमा महिलाका लागि हेयर स्टाइलसँगै बुटिकको सुविधा उपलब्ध छ । सञ्चालिका नीताले आफू बाल्यकालदेखि नै फेसन डिजाइनर र व्यूटिशियन बन्ने चाहना रहेको बताउँदै अब ‘ब्यूटी हेरिटेज’ बाट ती इच्छा पूरा गर्न लागेको बताइन् ।सेतो पूलबाट मैतीदेवीतर्फ अगाडि बढ्दै गर्दा राष्ट्रिय बाणिज्य बैंकको सामुन्नेमा ‘ब्यूटी हेरिटेज’ अवस्थित छ । सञ्चालिका नीता सहुलियत मूल्यमा ग्राहकलाई उत्कृष्ट सेवा पस्किने बताउँछिन् । आफ्नो पार्लरमा आउने कलाकारका लागि बिशेष छुटको व्यवस्था गरिएको पनि उनले बताइन् ।

‘ब्यूटी हेरिटेज’ को उद्घाटन गर्दै नायक नरेन खड्काले नीताको पार्लरको सफलताको कामना गरे । यस्तै, व्यूटिशियन कमला श्रेष्ठले यो पार्लरले राम्रो सेवा दिने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha