साउनमा त्रिकोणात्मक प्रेम कथाको ‘टिनएज’ लाग्ने

दिनेश पाख्रिनले निर्देशन गरेको फिल्म ‘टिनएज’ साउनमा रिलिज हुने भएको छ । युवापुस्ताको कथामा निर्माण भएको फिल्मलाई साउन २५ देखि दर्शकले हेर्न पाउनेछन् ।

नेपाल अगाडी जापान र कोरियामा रिलिज हुने फिल्ममा नरेश बिर सिं, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाह, निर्मल स्याङतान, रेशम फिरिरी लगायतका कलाकारको अभिनय छ ।

हेलेन फिल्मस्को व्यानरमा हेलेन पाख्रिनको प्रस्तुति रहेको फिल्मलाई बिरु मगर, बुद्दिमान स्याङतान, निमाया पाख्रिन र देविका खड्गीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा विकास चौधरी/बसन्त सापकोटाको संगीत, जनक कार्की र दीपक सिंको कोरियोग्राफी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha