सलमान किन फ्ल्याटमा बस्छन ?

बलिउड सुपरस्टार हुन सलमान खान । उनका लागि आफ्नो घर किन्नु कुनै ठुलो कुरा होइन् । तर पनि उनी फ्ल्याटमा बस्ने गर्छन् । उनले आफुलाई घरमा भन्दा पनि फ्ल्याटमा बस्न मन लाग्ने गरेको बताउँदै आएका छन् ।

हालै एक टिभी शो ‘सा रे ग म प’ को सेटमा पुगेका उनलाई फ्ल्याटमा बस्नुको कारण सोध्दा उनले भनेका छन् ‘मलाई बंगलाको सट्टा फ्ल्याटमा बस्न मन पर्छ किनकी यसको माथिको फ्लाटमा मेरो परिवार बस्छन् ।’ प्रर्दशनमा आउन लागेको आफ्नो नँया फिल्म ‘ट्युबलाईट’ को प्रमोशनका लागि शोमा पुगेका उनले फ्लाटमा बसेपनि पुरै भवनमा बस्ने सदस्यहरु आफ्नो परिवार जस्तै लाग्ने उनले बताए । भन्छन ‘म सानो हुँदा त्यसै बिल्डिङमा रहने सबै बच्चाहरु बगैंचामा खेल्ने गर्थे । कहिलेकाही त्यहीं निदाउथे ।’ उक्त फ्ल्याटसँग कैयौं भावनात्मक यादहरु जोडिएका कारणले पनि आफुले त्यो फ्ल्याट नछोडेको उनले बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha